
धादिङ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन २०८३ अन्तर्गत धादिङका व्यवसायी विष्णु थपलियाले उम्मेदवारी दिएका छन् ।
बैशाख २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने निर्वाचनमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका थपलियाले महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
व्यवसायिक क्षेत्रको लामो अनुभवलाई केन्द्रीय तहमा प्रयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनले बताएका छन् ।
देशभरका ७७ जिल्लाबाट १२९ उद्योग वाणिज्य संघका अध्यक्षहरू मतदाता रहने यस निर्वाचनमा थपलियाले अध्यक्षका उम्मेदवार अन्जन कुमार श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
