अखिल (क्रान्तिकारी) धादिङद्वारा आयोजित एआई तालिम सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख २०, २०८३

धादिङ । अखिल (क्रान्तिकारी) जिल्ला समिति, धादिङले आयोजना गरेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । एसईई परीक्षा पश्चात् विद्यार्थीहरूको खाली समयलाई सिर्जनशील ढंगले उपयोग गर्ने उद्देश्यले बैशाख १३ गतेबाट सुरु गरिएको तालिम समापन गरिएको हो ।

तालिम समापन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

अखिल (क्रान्तिकारी) का अनुसार तालिममा ३० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । तालिममार्फत विद्यार्थीहरूलाई एआईको आधारभूत ज्ञान तथा यसको प्रयोगसम्बन्धी सीप प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस प्रकारका तालिमले विद्यार्थीहरूको सीप विकासमा टेवा पुर्‍याउनुका साथै प्रविधिमैत्री बनाउने विश्वास लिइएको छ ।