
धादिङ । धादिङस्थित एड्भान्स एकेडेमीले सैनिक कल्याणकारी कोष अन्तर्गत बहालवाला तथा भूतपूर्व नेपाली सेनाका परिवारका नानीबाबुहरूका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।
एकेडेमीले कक्षा ४ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी सीमित कोटामा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । ‘Empanelled School’ अवधारणाअन्तर्गत छनोटमा परेको एड्भान्स एकेडेमीले चालु शैक्षिक सत्र २०८३ का लागि आवेदन खुला गरेको हो ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातसहित २०८३ बैशाख २५ गतेभित्र एकेडेमीको प्रशासन शाखामा आवेदन दिनुपर्नेछ। आवेदन फाराम सोही शाखाबाट उपलब्ध हुने जनाइएको छ ।
आवेदन दिनका लागि पछिल्लो कक्षा उत्तीर्ण गरेको मार्कसिट वा ग्रेडसिट, जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट साइज फोटो, बहालवाला वा भूतपूर्व सैनिकको परिचयपत्र वा पेन्सन प्रमाणपत्र तथा नाता प्रमाणित कागजात अनिवार्य गरिएको छ ।
एड्भान्स एकेडेमीका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले योग्य विद्यार्थीहरूले यो अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । साथै, सीमित सिट भएकाले समयमै आवेदन दिन पनि अनुरोध गरिएको छ ।
थप जानकारीका लागि एकेडेमी वा सम्बन्धित निकायमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

