धादिङ समाज जापानको फुटबल टिम ‘Mercury Cup’ मा सहभागिता

Avatar photo
Dhadingpost
बैशाख १४, २०८३

धादिङ । जापानमा सक्रिय सामाजिक संस्था धादिङ समाज जापानले खेलकुदमार्फत जापनमा रहेका युवाहरूलाई एकीकृत गर्ने प्रयास थालेको छ । सोही अभियानअन्तर्गत धादिङ समाजले पहिलोपटक आफ्नै फुटबल टिम गठन गरी जापानमा जारी Mercury Cup Z-FUTSAL Matsudo Tokiwadaira मा सहभागिता जनाएको हो ।

धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले यो पहल संस्थाको लागि नयाँ र उत्साहजनक सुरुवात भएको बताए । प्रतियोगितामा अपेक्षित जित हासिल गर्न नसकिए पनि टिम निर्माण गर्न सफल हुनु नै महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । उनले आगामी दिनमा जापानमा रहेका धादिङका थप युवाहरूलाई समेट्दै टिमलाई अझ सशक्त बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

प्रतियोगितामा धादिङ समाज फुटबल टिमबाट लावा लामा, निश्चल क्षेत्री, कविन्द्र तामाङ, अजय विश्वकर्मा, सुरज थोकर, विक्रम गुरुङ र अनिश रिमाल सहभागी रहेका थिए ।

धादिङ समाज जापानले विगतदेखि नै सामाजिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय खेलकुद गतिविधिमा पनि सक्रियता बढाउँदै युवाहरूबीच आपसी सहकार्य र एकताको सन्देश फैलाउने प्रयास गरिरहेको छ ।