प्याब्सन धादिङद्वारा अंग्रेजी हिज्जे प्रतियाेगिता सम्पन्न, २४ विद्यालयका ४८ जना सहभागी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २४, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङले अन्तर विद्यालय स्तरीय अंग्रेजी हिज्जे प्रतियाेगिता सम्पन्न गरेकाे छ । प्रतियाेगितामा २४ विद्यालयका ४८ जना छात्र/छात्रा सहभागी थिए ।

प्रतियाेगितामा समग्र विद्यालय तर्फ राेजमेरी प्रथम, ब्राईटफ्युचर द्वितीय, एड्भान्स एकेडेमी, मुनाल एकेडेमी र चिल्ड्रेनपार्क तृतीय भएका छन् ।

छात्र र छात्र दुई विधामा भएकाे उक्त प्रतियाेगितामा विजयी विद्यार्थी र विद्यालयलाई प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्ट, उपाध्यक्ष टीका थपलियाले पुरस्कार वितरण गरेका थिए ।