
धादिङ । धादिङको गल्छीमा रहेको द राईजिङ भिलेजका विद्यार्थीहरूले गल्छी बजार क्षेत्रमा सरसफाई गर्दै विश्व वातावरण दिवस २०२५ मनाएका छन् ।
‘प्लाष्टिजन्य प्रदुषण न्युनिकरण: हाम्रो दायित्व’ भन्ने नाराका गल्छी बजार क्षेत्रमा देखिएका द राईजिङ भिलेजका बिद्यार्थीहरूले सडकको नाली, सडक पेटी आसपासका फोहोर संकलन गरेका थिए ।
हरेक दिवस र पर्वहरुको मर्म अनुरुप विद्यार्थीहरुलाई सहभागी गराँदै आएका छौं उक्त कार्यले विद्यर्थीहरुले व्यवहारिक तवरले ति दिवस र पर्वहरुका बारेमा जान्न र बुझ्न सहजता प्रदान गर्ने गरेको प्रिन्सिपल नवराज ओझाले धादिङपोष्टलाई बताए । तस्वीर: साकार पोष्टबाट