
धादिङ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) नेपाल धादिङले सोमबार एकै दिन चार वटा पालिका सम्मेलन सम्पन्न गरेको जिल्ला अध्यक्ष राजन लम्सालले बताएका छन् ।
अध्यक्ष लम्सालका अनुसार गजुरी, सिद्धलेक, नीलकण्ठ र नेत्रावती डवजोङको पालिका स्तरीय सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनबाट गजुरीको अध्यक्षमा दिवाकर श्रेष्ठ, सिद्धलेकको अध्यक्षमा अनिल श्रेष्ठ, नीलकण्ठको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ र नेत्रावती डब्जोङमा लालविर गुरुङ चयन भएका छन् ।
सिद्धलेकः अध्यक्ष अनिल श्रेष्ठ, उपाध्यक्ष कमल गुरुङ, सचिव धन ब ।बराम, सह सचिव कमल परियार, कोषाध्यक्षराजु नेपाली लगायत
नीलकण्ठ नगरपालिका: अध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्षहरु प्रदिप पोख्रेल, प्रेक्षा तामाङ , सचिव द्वारीका दाहाल , सह सचिवहरु विक्रम शाक्य र अपिल शाक्य, कोषाध्यक्ष दिपा श्रेष्ठ लगायत