शैक्षिक हड्तालको घोषणा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २३, २०८१

काठमाडौं । विगत चार दिन देखि काठमाडौंमा जारी शिक्षकहरुको अन्दोलन अब शैषिक हड्तालमा मोडिएको छ ।

माग पुरा गर्न सरकार तयार नभएको भन्दै नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन र पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।