
धादिङ । नेकपा एमाले धादिङले गल्छी गाउँपालिका स्थित महेशदोभानमा राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको विरोधमा जागरण सभा सम्पन्न गरेकाे छ ।
उक्त सभामा नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री एबम् प्रमुख अतिथि पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी गर्दै राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताएकी थिईन् ।

केन्द्रिय सदस्य एबम् धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको पछाडी सति जान लागेको धारण राख्दै चैत १५ गते भएको आन्दोलनको सम्पूर्ण जिम्मा पुर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने दावी गरेका थिए ।
त्यस्तै नेकपा एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठीले अँध्यारो मन पराउने तत्वहरुले देशमा भ्रमको खेती गरिरहेको बताउनुभयो । ईतिहास कहिल्यै नर्फकने भन्दै त्रिपाठीले उज्यालोको विकल्पमा अध्यारो हुन नसक्नेमा जोड दिनुभयो । तस्बिर: अनिल अछामी