
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ ले अचने माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई परिक्षा केन्द्र सम्म जान नि:शुल्क बस सेवाको व्यवस्था गरेको छ ।
हाम्रो वडामा एउटा मात्रै माध्यामिक विद्यालय हो । परिक्षा केन्द्र सल्यानटार माध्यमिक विद्यालय परेकोले वडा कार्यालय खर्चलाई घटाएर एसईई परिक्षार्थीलाई यातायात खर्च व्यवस्थापन गरिएको वडा अध्यक्ष सुवास अधिकारी (दर्पण) ले धादिङपोष्टलाई बताए ।
अचने माविबाट यस वर्ष नियमित तर्फ ३७ जना र ग्रेड बृद्धि तर्फ ६ जना गरि ४३ जना एसईईमा सहभागी छन् ।