
धादिङ । चैत ७ गते (भोली) बाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा हुँदै छ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुने छन् ।
धादिङ । चैत ७ गते (भोली) बाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा हुँदै छ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुने छन् ।
धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना एसईईमा सहभागी हुने छन् ।
एसईई प्राविधिक तर्फको परिक्षा केन्द्र देउरीली
धादिङका आठ विद्यालयका १९२ जना प्राविधिक तर्फका विद्यार्थीहरुका लागि नीलकण्ठ नगपालिका स्थित देउराली माविलाई परिक्षा केन्द्र तोकिएको छ ।
उक्त परिक्षा केन्द्रमा नीलकण्ठ बालमन्दिर माविका ३८ जना, मण्डली मावि फुलखर्कका २९ जना, चन्द्रोदय मावि विशालटारका २३ जना, बागेश्वरी मावि रिचोकटारका ११ जना, निरन्जना मावि मार्पाकका ८ जना, सत्यवतीमावि कुम्पुरका ५१ जना, कार्की गाउँमावि सल्यानकोटाका ४ जना र जनजागृती मावि थाक्रेका २५ जना प्राविधिक तर्फका विद्यार्थी परिक्षामा सहभागी हुने ।
परीक्षामा २४ जना केन्द्राध्यक्ष, ४३ जना सहायक केन्द्राध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक र ३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी समेत गरी जिल्लाभर ८ सय ७५ जना मानविय जनशक्ती प्रत्यक्ष परिचालन गरिने जनाईएको छ ।
गतवर्षको एसईई २०८० मा धादिङबाट ४ हजार ८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा २ हजार ३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण भएका थिए ।
यस वर्ष कुन विद्यालयबाट कति जनाले एसईई दिँदै छन् सूची





