एसईई प्राविधिक तर्फको परिक्षा केन्द्र देउरीली मात्रै

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ४, २०८१

धादिङ । यहि चैत ७ गतेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परिक्षा हुँदैछ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुँदैछन् ।

धादिङका आठ विद्यालयका १९२ जना प्राविधिक तर्फका विद्यार्थीहरुका लागि नीलकण्ठ नगपालिका स्थित देउराली माविलाई परिक्षा केन्द्र तोकिएको छ ।

उक्त परिक्षा केन्द्रमा नीलकण्ठ बालमन्दिर माविका ३८ जना, मण्डली मावि फुलखर्कका २९ जना, चन्द्रोदय मावि विशालटारका २३ जना, बागेश्वरी मावि रिचोकटारका ११ जना, निरन्जना मावि मार्पाकका ८ जना, सत्यवतीमावि कुम्पुरका ५१ जना, कार्की गाउँमावि सल्यानकोटाका ४ जना र जनजागृती मावि थाक्रेका २५ जना प्राविधिक तर्फका विद्यार्थी परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई धादिङले जनाएको छ । फाईल तस्वीर