
धादिङ । धादिङको क्रिक रिसोर्टमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भोली फागु पूर्णिमा विशेष होली म्यूजिक कन्सर्ट हुने भएको छ ।
नेपाली युवा पुस्तामा अत्याधिक रुचाईएका डीजे DENZONG सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उक्त म्यूजिक कन्सर्ट सहितको होली कार्यक्रमको सम्पूर्ण तयारी सकिएको केशाङ तामाङ बताए ।
कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउने टिकटको व्यवस्था गरिएको छ, कार्यक्रम सहभागिहरुले होटलको सम्पूर्ण सेवा सुविधाहरु लिन सक्ने छन् । टिकटमा विद्यार्थीलाई २० प्रतिशत छुट गरिएको छ भने दश वर्ष मुनिका बालबालिकालाई नि:शुल्क गरिएको छ । अन्यलाई टिकट मुल्य २५० रुपैंया रहेको छ ।
सबै उमेर समूहलाई लक्षित गरी हामीले म्यूजिक कन्सर्ट तथा होली कार्यक्रममा सहभागिता जनाउन समेत उनले सबैमा आग्रह गरे ।