किन मनाईन्छ अन्तराष्ट्रिय महिला दिवस मार्च ८ मा

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २४, २०८१

काठमाडौं । सबै महिला तथा बालिकाका लागि स् अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नै यो दिवस किन मनाईन्छ ? यस विषयमा बुझ् जरुरी छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै सङ्घर्ष शुरू गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले पनि यसलाई मनाउन थालेपछि अन्तर्राष्ट्रिय महिला दिवसलाई औपचारिक रूपमा मान्यता दिइएको थियो । संयुक्त राष्ट्रले यसका लागि पहिलो थिम सन् १९९६ मा छानेको थियो जसको नाम ‘सेलिब्रिटिङ द पास्ट र प्लानिङ द फ्युचर’ थियो ।