एमाले गल्छीले भलिबल प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २३, २०८१

धादिङ । नेकपा एमाले गल्छीले यहि फागुन २७ र २८ गते दुई दिन अन्तर वडा पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेकपा एमाले गल्छीका अध्यक्ष राजु रिमालका अनुसार युवाहरु माग बमोजिम उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताको विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र सान्तोना टिमले नगद १० हजार जित्ने छन् ।

प्रतियोगिता गल्छी गाउँपालिका वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा हुने बताईएको छ ।