
धादिङ । नेपाली कांग्रेस धादिङका नेताहरुको चरम गुटबन्दीको मारमा परेको नेपाल विद्यार्थी संघ धादिङको विवाद स्ववियु चुनाव नजिए सँगै तत्काललाई हल भएको छ ।
२०७९ फागु ११ गते नेता भीप्रसाद ढुङ्गाना निकट मानिएका सुदिप गौलीलाई नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षमा मनोनित गरेपछि जिल्ला सभापति रामनाथ अधिकारी पक्षले २०८१ साउन ६ गते धादिङबेसी स्थित पार्टी कार्यालयमा जिल्ला स्तरीय भेला गरि दिनेश श्रेष्ठलाई नेवि संघको अध्यक्षमा बनाएको थियो ।
गौलीले विधान सम्बत आफुलाई केन्द्रले जिल्ला अध्यक्ष बनाएको भन्दै गतिविधि गर्दै आएका थिए भने पार्टीको उपस्थितिमा भएको जिल्ला भेलाले आफूलाई अध्यक्ष बनाएको भनेर दिनेश श्रेष्ठले गतिविधि गर्दै आएका थिए ।
यहि फागुन २२ गते दुबै समितिहरु भंग गरि सुदिप गौली अध्यक्ष रहने गरि जिल्ला कार्य समिति पुनरगठन गर्ने सहमति भए सँगै तत्कालका लागि नेपाल विद्यार्थी संघ धादिङ विवाद हल भएको हो ।