
धादिङ । धादिङ नेपाली समाज अमेरिकाले चैत २३ गते नव वर्ष २०८२ काे पावन अवसरमा Tebetan community hall 57-12 Tibet Way 32ND AVE Woodside NY 11377 मा राष्ट्रिय तथा अन्तरास्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम गर्ने भएकाे छ ।
अध्यक्ष टकबहादुर रुवालीका अनुसार उक्त साँस्कृतिक कार्यक्रममा चर्चित लाेकदाेहाेरी गायक भगवान भण्डारी, गायिका कल्पना दाहाल, कमल साैराग, अभय ढुङ्गेल, सिर्जना विराही थापा, राजन ठकुरी, श्रीराम पाैडेल, शान्ति भण्डारी, किरण गजमेयर लगायतका कलाकारहरुकाे प्रस्तुति रहने छ ।
अमेरिकामा ३ हजारको हाराहारीमा धादिङगेहरु रहेको अनुमान गरिएको छ । तथापी धादिङ नेपाली समाज अमेरिकामा हाल आजिवन सदस्यत ९६ जना र साधारण सदस्यत ३९५ जना छन् ।