खनियाबासको गाउँ सभाद्वारा १४ वटा विधेयकहरू पारित

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ८, २०८१

धादिङ । “समुन्नत खनियावासको आधारः कृषि, पर्यटन र पूर्वाधार“ भन्ने मूल नारासहित सम्पन्न धादिङको खनियावास गाउँपालिकाको दोस्रो गाउँ सभाको छैठौं अधिवेशनले विभिन्न १४ वटा विधेयकहरू पारित परेको छ ।

यी हुने गाउँसभाद्वारा पारित विधेयक

  • कृषि व्यवसाय प्रवद्र्धन विधेयक
  • आर्थिक कार्यविधि विधेयक
  • गाउँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक
  • आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक
  • प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक
  • सहकारी विधेयक
  • न्यायिक समिति (कार्यविधि) विधेयक
  • लेखा समितिको कार्यविधि व्यवस्थापन विधेयक
  • साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक
  • खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी व्यवस्था विधेयक
  • खनियावास सुशासन विधेयक
  • ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा तथा संस्कृति संरक्षण सम्बन्धी विधेयक
  • संशोधित विपद् व्यवस्थापन सञ्चालन कोष सम्बन्धी कार्यविधि
  • आर्थिक सहायता सम्बन्धी कार्यविधि

गाउँसभाले गाउँपालिकाले कृषि तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै कार्यक्रम संशोधन गरेको छ । भारतीय दूतावासको सहलगानीमा रु। २ करोड ४९ लाखको स्वास्थ्य संस्था निर्माणका लागि म्याचिङ फण्ड व्यवस्था गरेको छ ।

यसैगरी, लिस्नेखोला–टिका–स्युग झार्लाग खानेपानी योजनामा रु.२ करोड ८४ लाखको सहलगानी, बुदुगिलिन्जो सडक निर्माणमा रु.१ करोड ५७ लाख, मानेचौतारा–चौकीटोल सडकमा रु.१ करोड ३७ लाख, तथा कुरी खानेपानी योजना अन्तर्गत ‘एक घर, एक धारा’ योजनाका लागि रु.५० लाख विनियोजन गरेको उप प्रमुख सक्केमान तामाङले धादिङपोष्टलाई बताए ।