
धादिङ । यहि माघ १७ र १८ गते सम्पन्न भएको प्रथम गल्छी गाउँपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजक गल्छी तेक्वान्दो डोजाङ आफैले जितेको छ ।
जिल्लाको विभिन्न ११ वटा डोजाङहरु सहभागिता यस प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र १६ कास्य सहित गल्छी डोजाङ प्रथम हुन सफल भएको हो ।
विभिन्न तौल समूह र उमेर समूहमा पुम्से तर्फ ४ स्वर्ण,४ रजत र ८ कास्य, फाइट तर्फ २० स्वर्ण, २० रजत ४० कास्यको लागि भएको प्रतियोगितामा ८ स्वर्ण, १ रजत र ३ कास्य सहित टिम मलेखु तेक्वान्दो दोस्रो हुँदा २ स्वर्ण ६ रजत र ८ कास्य सहित थाक्रे गाउँ पालिका तृतीय भएको छ ।
