
धादिङ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी आवद्ध बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
बागमती आफ्नो पहिलो खेलमा कोशी प्रदेश सँग पराजित भएको थियो । दोस्रो खेलमा आर्मीलाई हराउँदै जितको सुरुवात गरेको छ । बागमतीले विभागीय टोली आर्मीलाई १४ रनले पराजित गरेको हो । अब बागमती प्रदेशले आफ्नो समूहमा रहेका मधेश प्रदेश सँग खेल्ने छ ।
समूह २ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । यस्तै समूह १ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सुपर फोरमा एक समूहका टिमले अर्को समूहको टिमसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।
बागमती २ खेलमा २ अंक जोड्दै समूह बी को तेस्रो स्थानमा छ । पराजित आर्मी २ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।