नेशनल प्याब्सन धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन

Avatar photo
Dhadingpost
शनिबार, माघ ५, २०८१

धादिङ । नेशनल प्याब्सन धादिङको आठौ अधिवेशनबाट न्यू किबाे बाेर्डिङका प्रिन्सिपल प्रयास रेग्मी चयन भएका छन् ।

नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइरालाकाे प्रमुख आथित्यतामा भएकाे उक्त अधिबेशनबाट उपाध्यक्षमा अभिषेक बसौला, सचिवमा विजय खतिवडा, कोषाध्यक्षमा सिताराम महत, सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी र विशाल श्रेष्ठ चयन भएका छन् ।

निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षक हरुको पेशागत क्षमता अभिब्रीद्धी  तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा संस्था लागिरहने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष प्रयास रेग्मी ले व्यक्त गरेका थिए ।