धादिङमा माघ १० देखि लोक साँस्कृतिक महोत्सव हुने

Avatar photo
Dhadingpost
शनिबार, माघ ५, २०८१

धादिङ । धादिङबेसीमा यहि माघ १० देखि देखि २० गतेसम्म ‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नाराका साथ ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ हुने भएको छ ।

धादिङबेसी स्थित खुलामञ्चमा हुने उक्त महोत्सव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ र सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङले आयोजना गर्न लागेको हो ।

महोत्सवमा जिल्लास्तरीय अन्तरपालिका लोकदोहोरी प्रतियोगिता, विभिन्न जाजातिका लोक सांस्कृतिक प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका उपाध्यक्ष संगित सुवेदीलले धादिङपोष्टलाई बताए ।

महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारहरू, घरेलु उद्योग तथा व्यवसायिक स्टलहरू, पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न क्रियाकलापहरू मौलिक भेषभुषहरूको प्रदर्शनी तथा रमाइलो मेला र बाल उद्यानको मनोरञ्जन रहने आयोजकले जनाएको छ ।