
सुन्दर लामा (प्रतिक)
धादिङ । नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी विप्लव नेतृत्वको नेकपा धादिङमा प्रवेस गरेका छन् ।
लोहोनीलाई नेकपा धादिङका इञ्चार्ज ज्योती सीले खादा र अविर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेस कार्यक्रममा बोल्दै लोहनीले भने, “नेकपाको उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको निति समाजवादको मार्ग हो, नेकपाको यो अभियानमा देशभक्त कम्युनिस्ट क्रान्तिकारीहरु सबै लामबद्ध हुनुपर्ने बताए ।”
नेकपाको उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको नितिले आफुलाई आकर्षित गरेकोले नेकपामा ध्रुविकृत भएको उनले बताए । साथै कम्युनिस्ट आन्दोलनको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने उनको जिकिर थियो ।