धादिङका सात शिक्षकको बढुवा

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ४, २०८१

धादिङ । शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरको मिति २०८१र०५र२३ गते (संशोधन सहित) प्रकाशित कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरूमध्ये धादिङबाट सात जना शिक्षक बढुवामा छनोट भएका छन् ।

धादिङबाट बढुवा हुने शिक्षकमा माध्यमिक तह प्रथम श्रेणीमा ठान प्रसाद बससौला, निमावि तह प्रथम श्रेणीमा शंकर सिंखडा र प्रावि प्रथम श्रेणी तर्फ बढुवा हुनेमा लालबहादुर विश्वकर्मा, रामचन्द्र रुपाखेती, शिवहरि अधिकारी, कविता थापा र हेमनाथ नेपाल रहेका छन् ।

प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र माध्यमिक तह प्रथम श्रेणीको लागि रु ७५० निम्न माध्यमिक तह प्रथम श्रेणीको लागि रु ६०० र प्राथमिक तह प्रथम श्रेणीको लागि रु ५०० तिरेर उजुरी दिन सकिने शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले जनाएको छ ।