
धादिङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट टि ट्वान्टी क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी छ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी बागती प्रदेशकाे टिमबाट खेल्ने छिन् । उनी गत वर्ष पनि प्रदेश टिममा छनाेट भएकी थिईन् ।
समूह २ मा रहेकाे बागमती प्रदेशले पहिलाे खेल माघ ७ गते काेशी सँग त्यसपछि लगातार ८ गते आर्मी सँग र ९ गते मधेश प्रदेश सँग खेल्ने छ । समूह २ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । यस्तै समूह १ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सुपर फोरमा एक समूहका टिमले अर्को समूहको टिमसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । माघ १२ गतेसम्म चल्ने यस प्रतियोगितामा ९ टोलीको सहभागिता रहेकाे छ ।