
धादिङ । तामाङ समुदायको सोनाम ल्होछार नजिकैदै गर्दा,धादिङका म्हेन्दोमाया कलाकार संघका सस्थापक अध्यक्ष एवम् केन्द्रिय सदस्य स्रस्टा र सर्जक गायक सन्दिप स्याम्चेन तामाङ र सन्जुले ल्होछार खजी-२ ल्याएका छन् ।
डेढ दर्शक लामो समय देखि तामाङ समुदाय र नेपाली गीत संगीतमा देखिँदै आएका गायक स्याम्चेनले गत साल ल्होछार जात्रा बजारमा ल्याएका थिए भने यसपटक ल्होछार खजी(२ बजारमा ल्याएका हुन् ।
स्याम्चेन आफ्नै शब्द रचना रहेको यस गितमा लय शैलाप वाइबा र स्वर किर्ती तामाङ,सन्जु लामा,सन्दिप स्याम्चेन र सीता लामाको रहेको छ । गीतको संगीत संयोजन राजु खड्काले गरेका हुन् भने भने, म्युजिक भिडियो सिङ्गा तामाङले निर्देशन तथा अभिनय गरेका छन् । अभिनयमा चर्चित तामाङ मोडल रमेश तामाङ, सिङ्गा बहादुर तामाङ, मनिशा तामाङ, मुस्कान तामाङ, पासाङ तामाङ र स्विकार तामाङ देख्न सकिन्छ ।
सोही म्युजिक भिडियोको सम्पादक रोशन फ्युबा (ल्हाप्साङकर्पो म्युजिक सेणटरले) गरेका हुन् भने छायांकन उमेश शाहले गरेको हुन । गीतले तामाङ समुदायमा मानिने महान पर्व ल्होछार कसरी मनाइन्छ भन्ने सन्देश चित्रण गरेको छ ।