राजेश प्रजापति कांग्रेस मै फर्किए

Avatar photo
Dhadingpost
सोमवार, पुस २९, २०८१

धादिङ । धादिङको यातयात र सामाजिक कामको क्षेत्रमा परिचित राजेश प्रजापति कांग्रेस मै फर्किएका छन् ।

विगत केहि वर्ष अघि कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेस गरेका उनीलाई माओवादीले कुनै भूमिका नदिएपछि पार्टी सदस्य समेत नविकरण नगरि बसेको थिए ।

धादिङ मण्डली यातायात प्रालिका प्रबन्धक समेत रहेका उनलाई आईतबार काठमाडौंमा कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काले टिका लगाएर पार्टी प्रवेस गराएका थिए ।

लोकतान्त्रिक यातायात ब्यबसायि संघका केन्द्रिय सल्लाहकार एबं धादिङ मण्डली यातायात प्रालिका अध्यक्ष शरद अधिकारीले आफ्नै पहलमा प्रजापतिलाई काङग्रेसमा फिर्ता ल्याईएको धादिङपोष्टलाई बताए ।