एमाले धादिङ-काठमाडौंको आदिवासी जनजाति भेला सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, पुस २८, २०८१

धादिङ । नेकपा एमाले धादिङ-काठमाडौ सम्पर्क मञ्चको आयोजनामा आदिवासी जनजाति भेला सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष कमल थापा मगरका अनुसार शनिबार सम्पन्न भेलामा नेकपा एमाले पोलिट ब्यूरो सदस्य एबम संविधानसभा सदस्य गोकुल घर्ती मगरको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सम्पर्क समन्वय सदस्य एबम धादिङ-काठमाडौ सम्पर्क मन्च इन्चार्ज उत्तम पाठक, धादिङ मिलन केन्द्र सचिब मेनुका दुवाडी, बागमती प्रदेश सम्पर्क उपाध्यक्ष सरोज मोहन लामा, प्रदेश सचिबालय सदस्य एबम पुर्ब अध्यक्ष श्रीकृष्ण अर्याल, बाग्मती लेखा आयोग उपाध्यक्ष शिवहरि रिमाल, सदस्य शिव थापा, जिल्ला कमिटी सदस्य सगुन थापा मगर लगाएतको आथित्यता रहेको थियो ।

भेलामा प्रमुख अथिति घर्ती मगरले कसैको बहकाउमा आदिवासी जनजातीहरु लाग्दैनन् सत्य के हो र बुझेका छन् । आदिवासी जनजातीहरुको अधिकार एमालेमा आवद्ध भएर प्राप्त गर्न सकिने बताएका थिए ।