धादिङ । धादिङ उद्योग वाणिज्य संघको विधानमा व्यवस्था भए बमोजिम यसअघिका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ । जस अनुसार यो समितिको राम कुमार डल्लाकोटी अध्यक्षमा चयन हुँदा । आगामी कार्यकालका लागि अध्यक्ष हुने गरि रोहित भण्डारी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दल र दलसँग जोडिएका व्यवसायीहरुबीचको लामो छलफल र बहसपछि समिति निसर्वरोध बनेको हो ।
संघको विधान बमोजिम ३३ सदस्यीय कार्यसमितिमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहने व्यवस्था छ । अध्यक्ष वरिष्ठ उपाध्यक्ष पदमा कार्य समितिले सदस्यहरुबाट मनोनित गरिने छ ।