धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ फेरि दोहोरियका छन् । २०७८ पुस १० मा भएको चौंथो अधिवेशनमा अध्यक्षमा चयन भएका थिए । आज धादिङबेसीमा भएको पाँचौं अधिवेशनबाट पनि पुन अध्यक्षमा चयन भएका हुन् ।
पाँचौं अधिबेशनले उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप श्रेष्ठ चयन गरेको छ भने सदस्यहरुमा इश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो) चयन भएका छन् ।
अधिबेशनबाट संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ (डोल्मा मम्बा) र प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठ चयन भएका छन् ।