धादिङ उद्योग वाणिज्य संघको अधिवेशन भोली उद्घाटन

Avatar photo
Dhadingpost
बिहिबार, पुस २५, २०८१

धादिङ । धादिङ उद्योग वाणिज्य संघको भोली हुने ३१ औं साधारण सभा तथा ११ औं अधिबेशन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

भोली पुस २६ गते साधारण सभा तथा अधिबेशनको उद्घाटन समारोह हुने छ, भने नयाँकार्य समितिका लागि पर्सि पुस २७ गते निर्वाचन हुने कार्यतालिका रहेको अध्यक्ष विष्णुप्रसाद थपलियाले धादिङपोष्टलाई बताए ।

विधान अनुसार गत वर्ष निर्वाचित हालका वरिष्ट अध्यक्ष रामकुमार डल्लाकोटी नै नयाँ कार्यसमितिको अध्यक्ष बन्ने छन् भने अर्को कार्यकालको अध्यक्ष बन्न यो अधिवेशनमा वरिष्ट उपाध्यक्ष बन्नै पर्ने हुँदा वरिष्ठ उपाध्यक्ष र सदस्यहरुका लागि निर्वाचन हुने छ ।

हाल सम्मको तयारी हेर्दा पूर्व अध्यक्षहरुको समर्थनमा हरित भण्डारी र सुदर्शन रिजालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने देखिन्छ ।