धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) धादिङको एघारौं जिल्ला अधिबेशबाट शान्तिदीप एकेडेमीका दिनेश भट्ट अध्यक्षमा निर्वाचित भएका छन् ।
अधिबेशनले उपाध्यक्षमा राईजिङ स्टार बोर्डिङका टिका थपलिया, सचिवमा एड्भान्स एकेडेमीका भीमबहादुर श्रेष्ठ, कोषध्यक्षमा ब्लुमिङ लाेटसका सञ्जिव गजुरेललाई निर्वाचित गरेको छ । यस्तै नव गठित कार्य समितिको सदस्यमा आधारशिला पाठशालाबाट आँचल श्रेष्ठ, सल्यानटार बालविकासबाट देविकुमारी पाण्डे र ब्रईटफ्यूचर मलेखुबाट राजकुमार त्रिपाठी चयन भएका छन् ।
प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष किशोर गाैतमकाे प्रमुख अाथित्यतामा भएकाे उद्घाटन सत्रमा जिल्ला स्तरीय शिक्षक लाेक नृत्य प्रतियाेगिता भएकाे थियाे । उक्त प्रतियाेगितामा एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क दुबै प्रथम भएका थिए ।