प्याब्सनको शिक्षक लोक नृत्यमा एड्भान्स र चिल्ड्रेनपार्क प्रथम

Avatar photo
Dhadingpost
बुधबार, पुस २४, २०८१

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दिवस एवम् प्याब्सन धादिङको अधिबेशनको अवसरमा आयोजित जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सदरमुकामका दुई विद्यालय एड्भान्सस एकेडेमी र चिल्ड्रेनपार्क बोर्डिङ प्रथम भएका छन् ।

प्रतियोगितामा एड्भान्स् र चिल्ड्रेन पार्क दुबैले १७४/१७४ समान अंक ल्याए पछि दुबैलाई प्रथम बनाईएको प्याब्सन धादिङले जनाएको छ । उक्त प्रतियोगितमा रोजमेरी द्वितीय, आधारशिला पाठशाला तृतीय र मुनाल एकेडेमी, त्रिपुरेश्वर बोर्डिङ र सल्यानटार बालविकास एकेडेमी सान्तोना भएका थिए ।

प्रथम भएको एड्भान्स टिमबाट पपिला तामाङ, उमा तामाङ, रिना तामाङ, मिना रोक्का, सोना गुरुङ र एलिशा गुरुङले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने प्रथम भएको चिल्ड्रेन पार्कबाट नीहा तामाङ, सरिता तामाङ, संगिता मझाकोटी, सरस्वती सुनुवार र कृष्टिना श्रेष्ठले नृत्य प्रस्सुत गरेका थिए ।

विजेता विद्यालय र शिक्षकहरुलाई प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवम् जिल्ला अधिबेशन उद्घाटन सत्रका प्रमुख अतिथि किशोर गौतमले नगद सहित पुरस्कार वितरण गरेका थिए ।