रोहित भण्डारीको चुनावी लहर

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २३, २०८१

धादिङ । धादिङ उद्योग वाणिज्य संघको चुनाव यहि पुस २६ र २७ गते धादिङबेसीमा हुँदैछ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष हुने विधानले व्यवस्था गरेका कारण रोहित भण्डारी यो पटक वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ उद्योग बाणिज्य संघमा १४ वर्षदेखि निरन्तर प्रत्यक्ष रुपमा संलग्न रहेका भण्डारीको सामिप्यता धादिङका हरेक उद्योगी ब्यवसायी संग छ । जसका कारण उनको चुनावी लहर यसअघिका अध्यक्षहरुको चुनावी लहर भन्दा फरक देखिएको छ ।

पूर्व अध्यक्षहरु उनकै समर्थनमा देखिएका छन्, उनी माओजादी केन्द्र निकट भएता पनि उनको व्यक्तिगत कारणले के कांग्रेस, के एमाले, के समाजवादी, के अय दल सबै व्यवसायी नेताहरु उनलाई नै भोट मागिरहेको देखिन्छन् ।

फरक-फरक राजनितिक आस्था र विचार बोकेर हिडेका व्यवसायीक नेताहरुको पूर्ण समर्थन पाएपछि रोहितको पक्षमा उद्योग वाणिन्य संघको चुनावी लहर पैदा भएको देखिन्छ ।

भण्डारीले यो मोर्चामा विजय हाँसिल गर्लान या हार्लान त्यो त निर्वाचन पछि नै थाहा होला, तर भण्डारीको उम्मेद्वारी घोषणा पछिको माहोल र बहसले भने उनी निर्विकल्प बरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहेछन् कि भन्ने कुरा उद्योगी ब्यवसायी माझ छाडेको छ । उनी निर्विकल्प होलान कि अरु कोही विकल्पमा पनि आउलान् त, त्यो भने पुसको २७ सम्म पर्खिर्नै पर्ला ।