थाक्रेमा क्रिकेट मैदान निमार्ण सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २३, २०८१

धादिङ । धादिङको थाक्रे गाउँपालिका थाक्रे-८ मा रहेको गणेश चौरमा क्रिकेट मैदान निमार्ण कार्य सुरु भएको छ । क्रिकेट विकास समिती थाक्रे थाक्रेका दिनेश अर्यालका अनुसार गाउँपालिकाले विनियोजन गरेको १० लाख रुपयाँकोले क्रिकेट मैदान निमार्णको सूरु भएको हो ।

जिल्लामा एउटा पनि क्रिकेट खेल्ने खेल मैदान छैन । नेताहरु खेलकुदका लागि यो गरें, त्यो गरे भन्छन्, क्रिकेट मैदान बनाउने ठाउँ थाक्रेमा छ भनेर कयौं पटक भन्यौं तर सुन्यकान लगाएका छैनन् । पालिाकाले यो पटक १० लाख भने पनि विनियोजन गर्दिएको थियो उक्त वजेटले मैदान सम्याउने काम सुरुभएको उनले बताए ।

क्रिकेट खेल्न मिल्ने मैदान मात्रै बनाउने योजनामा छौं । पीच, तारबार अन्य पूर्वाधारका कामका लागि लाखौं बजेट चाहिन्छ स्थानीय सरकारले मात्र चाहेर नससकिदो रहेछ प्रदेश सरकार, केन्द्र सरकारको नेतृत्व गरेका पार्टीका जिल्लाका सबै नेताहरुलाई थाक्रेमा क्रिकेट मैदान बनाउन सकिन्छ भन्ने थाहा छ । तर बजेटको सुनिस्चित छैन अब काम अगाडी बढेको छ केहि हुन्छ कि आशा गरेका छौं उनले धादिङपोष्टलाई बताए ।