प्याब्सन धादिङको निर्वाचनका लागि भोली उम्मेदवारी मोनयन

Avatar photo
Dhadingpost
सोमवार, पुस २२, २०८१

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङको एघारौं जिल्ला अधिबेशन यहि पौष २४ गते धादिङबेसीमा सम्पन्न हुँदैछ । नयाँ कार्य समिति चयनका लागि हुने उक्त अधिवेशनको उम्मेदवारी मनोनयन भने भोली (पुस २३ गतेलाई) तोकिएको छ ।

निर्वाचन कार्य तालिकामा पौष २३ गते दिनको २ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दरखास्त २ देखि ३ बजे सम्म, दाबी बिरोध ३ः३० देखि ४ बजे सम्म, उम्मेदवारी फिर्ता समय बेलुका ५ बजे सम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन समय ५ः३० बजे, अधिशन उद्घाटन २४ गते १०ः३० बजे, मतदान ३ः३० बजे देखि, मतगणना मतदान सम्पन्न भए लग्गतै हुने उल्लेख छ ।

कुन पदमा कस्को दावी
अध्यक्षमा शान्तिदिप एकेडेमीका दिनेश भट्टको दावी रहेको छ । हालका उपाध्यक्ष समेत रहेका भट्ट सर्वसम्मत हुने आँकलन गरिएको छ । स्रोतका अनुसार उपाध्यक्षमा एड्भान्स एकेडेमीका भीमबहादुर श्रेष्ठ, राईजिङ स्टार बोर्डिङका टिका थपलिया र सुनगाभा बोर्डिङका रामहरि अधिकारी, सचिवमा ब्लुमिङ लाेटसका सञ्जिव गजुरेल र कोषाध्यक्षमा आँचल श्रेष्ठ आधारशिला एकेडेमीको दावी रहेको बताईएको छ ।

प्याब्सनको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यमा सप्याब्सन सदस्य रहेको प्रत्यक पालिकाबाट १ जना अनिर्वाय हुने गरि खुल्ला ३ जनाको लागि निर्वाचन हुने छ । जिल्ला कार्य समितिमा १ जना महिला सहित १०% मोनित हुनेछन् । जसमा (१०%लाई शत प्रतिशत मानि ५०% अध्यक्षबाट ५०% कार्यसमितिबाट) मनोनित गरिने छ ।

प्याब्सन दिवस एवम् प्याब्सन धादिङको अधिबेशको अवसरमा पौष २४ गते अधिवेशन स्थल मै शिक्षक लोक नृत्य प्रतियोगिताको आयोजनना गर्ने भएको छ । धादिङमा ३० वटा निजी विद्यालयहरु प्यब्सन आवद्ध रहेको र उक्त विद्यालयहरुले प्रतियोगितामा भाग लिन पाउने छन् । २ देखि ६ जनाको समूहमा मात्रै प्रतियोगितामा भागलि पाईने र प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गरिने कार्यसमिति सदस्य श्रेष्ठले बताए ।