धादिङ । नेकपा (माआवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टुफ) धादिङको अध्यक्षमा पुन: शंकर तामाङ चयन भएका छन् ।
एन्टुफ बागमती प्रदेशका अध्यक्ष मिलन लामाको प्रमुख आतिथ्यता, बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, माआवादी केन्द्र धादिङको संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यतामा भएको पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन शंकर तामाङ चयन भएका हुन् ।
एन्टुफ धादिङको नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भरत थापा, उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा दिपक काफ्ले र सह सचिवमा सीता तामाङलाई चयन गरेको छ । सदस्यहरुमा मानबहादुर मगर, सुरज परियार, निस्चता तामाङ, मु परियार, देवबहादुर तामाङ, हरिराम तामाङ, दुखी महतो, टिका गुरुङ र एबी थिङ चयन भएका छन् ।
सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि मिलन लामाले मजदुरको हक अधिकार सुनिश्चितका लागि लड्ने पार्टी माओवादी बाहेक अरु कोहि नरहेको दावी गर्दै सम्पूर्ण मजदुरहरुलाई अखिल नेपाल ट्रेड युनियनका पेशागत संगठनमा आवद्ध हुन आव्हान गरेका थिए ।
यस्तै विशेष अतिथि शालिकराम जम्कट्टेलले अहिलेको सरकार भ्रष्टचारीहरुको हो । भ्रष्टचारीहरु जोगाउनेहरुको गठबन्धनका बारेमा जनताले राम्रो सँग बुझेको बताउँदै मिसन ८४ लाई ध्यान दिएर अगाडी बढ्न आग्रह गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र धादिङका सल्लाहकार संयोजक केशरी प्रसाद पन्त, अन्टुफ बागमती प्रदेशका सह सचिव बद्री सुवेदी, लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलन पछि आजै कार्य समितिको पहिलो बैठक बसी आज परेको बेथान स्मृति दिवस मनाउँदै सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको थियो भने माघ भर अखिल नेपाल ट्रेड युनियन महासंघका सबै पेशागत संगठनको जिल्ला भेला सम्पन्न गरि चैत सम्म ३ महिने अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष तामाङले धादिङपोष्टलाई बताए ।