धादिङ । धादिङको नीलकण्ठ १४ स्थित सुदर गाउँ कुपाका स्थानीयहरुको एकता लोभलाग्दो छ । यहाँका स्थानीयहरु आफ्नो टोलका विकासका लागि एकताको नमूना बन्दै आईरहेका छन् ।
गाउँमा रहेकाहरु गाउँमै रहेर र प्रवासमा रहेकाहरु प्रवासमै रहेर कसरी आफ्नो गाउँलाई थप सुन्द र व्यवस्थीत बनाउने भनेर योजना बनाउने गर्दछन् र त्यहि अनुरुपम गाउँमा काम हुने गर्दछ ।
अंग्रेजी वर्ष २०२५ का दिन विगत १२ वर्ष अघि देखि क्रियाशिल प्रवासी समाज कुपाको नियमित साधारण सभा बैठक भारतको बनारसमा सम्पन्न भएको छ । रामबहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले निम्न ६ निनर्णयहरु गरेको छ ।
१. आउँदै गरेको सोनाम ल्होछारलाई आर्थिक सहयोग गर्ने ।
२. दशैं/तिहारमा हुने खेलकुदलाई सहयोग गर्ने ।
३. आजिवन सदस्यहरुलाई सस्तो ब्याज दरमा बचत रकम लगानी गर्ने ।
४. सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने ।
५. समाजको प्रत्यक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने।
६. कुपा समाजमा अवश्यक पर्ने सामान खरिदमा आर्थिक सहयोग गर्ने