धादिङ । धादिङबेसीमा नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरुभएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले गरेका थिए ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख ढुङ्गानाले स्वर्ण पदक बिजेताहरुलाई प्रति स्वर्ण पदक बराबर दूई हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए भने जिल्ला,प्रदेश तथा संघ स्तरीय प्रतियोगितामा सहभागी हुने नीलकण्ठ नगरपालिकाका खेलाडीहरुको खर्च नगरपालिकाले व्यहोर्ने घोषणा गरेका थिए ।
प्रतियोगिताका विजेता प्रथम हुने विद्यालयले रनिङ शिल्ड ससहित ३० हजार, द्वितीय हुने विद्यालयले नगद २५ हजार र तृतीय हुने विद्यालयले नगद २० हजार जित्ने छ, भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि खेलाडी खेनोट गरिने छ ।
यस प्रतियोगितामा नीलकण्ठ बालमन्दिर मावि लगातार तेस्रो जित निकाल्दै रनिङ शिल्ड सँधैंको लागि आफ्नो बनाउने योजना सहित खेलमा सहभागी छ भने अन्य विद्यालयहरु रनिङ शिल्ड नीलकण्ठबाट खोस्ने दाउमा सहभागी छन् ।