नीलकण्ठको राष्ट्रपति रनिङ शिल्ड नीलकण्ठ माविले जित्यो (विजेता विद्यार्थीको सूची समेत)

Avatar photo
Dhadingpost
सोमवार, पुस ९, २०८०

धादिङ । १३ सय विद्यालर्थीहरुले भाग लिएको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुनः नीलकण्ठ माविले जितेको छ । गत वर्षको विजेता समेत रहेको नीलकण्ठ माविले २१ स्वर्ण पदक ल्याई यस पटक पनि विजयी भएको हो ।

पुस ६ गते देखि संचालन भएको यस प्रतियोगितामा ८ स्वर्ण सहित बाल मन्दिर दोस्रो र ५ स्वर्ण सहित एड्भान्स एकेडेमी तेस्रो र ४ स्वर्ण र २ रजत सहित शंखादेवि मावि चौथो बन्न सफल भयो । प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्र रहेका ३४ माध्यामिक विद्यालय मध्य ३१ विद्यालयले भाग लिएका थिए जसमा २० विद्यालयले एउटा स्वर्ण पदक पनि जित्न सकेनन् ।

नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाको अध्यक्ष ता र पूर्व राज्य मन्त्री एवम् कांग्रेस नेता इन्द्र बानियाको प्रमुख आतिथ्यतामा भएको खेल समापन समारोहमा विजेता विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विजेता विद्यालयहरु नीलकण्ठ मावि, बालमन्दिर मावि र एड्भान्स एकेडेमीलाई क्रमस २५ हजार, २० हजार, १५ हजार नगद सहित शिल्ड प्रदान गरिएको थियो ।

कुन विद्यालय र विद्यार्थीले कति पदक जिते सूची

गत वर्ष नीलकण्ठ नगरपालिकाले माघ १३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । २७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय मध्य २१ वटा माविहरुले मात्रै भाग लिएका थिए । जसमा १७ स्वर्ण सहित नीलकण्ठ मावि प्रथम बन्यो भने बालमन्दिर ७ स्वर्ण, चन्डेश्वरी र एड्भान्स एकेडेमीले ५–५ स्वर्ण पदक जितेका थिए । गत वर्ष नीलकण्ठ नगरपालिकाबाट छनोट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता समेत जितेका थिए । फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक जित्दै प्रथम भएको थियो ।