प्याब्सन धादिङले शिक्षक लोक नृत्य प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
बुधबार, पुस १७, २०८१

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङले यहि पौष २४ गते धादिङबेसीमा शिक्षक लोक नृत्य प्रतियोगिताको आयोजनना गर्ने भएको छ ।

प्याव्सन दिवस एवम् प्याब्सन धादिङको अधिबेशको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको परिक्षा संचालन समिति संयोजक तथा जिल्ला कार्यसमिति सदस्य भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए ।

धादिङमा ३० वटा निजी विद्यालयहरु प्यब्सन आवद्ध रहेको र उक्त विद्यालयहरुले प्रतियोगितामा भाग लिन पाउने छन् । २ देखि ६ जनाको समूहमा मात्रै प्रतियोगितामा भागलि पाईने र प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गरिने कार्यसमिति सदस्य श्रेष्ठले बताए ।