धादिङ । यसअघिको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको जिल्ला विजेता नीलकण्ठ नगरपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोली देखि हुने भएको छ । फाईल तस्वीर
यसअघि लगातार १२ औं र १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको नीलकण्ठ नगरपालिकाले अब हुने १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गर्न यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भोली देखि हुने नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको सबै तयारी सकिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत प्रकाशदत्त भट्टले धादिङपोष्टलाई बताए । उनका अनुसार प्रतियोगितामा २५ वटा सामुदायीक र ५ वटा संस्थागत गरी ३० वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाउने छन् ।
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय मैदानमा देखिने छ भने अन्य विद्यालयहरु नीलकण्ठलाई रोक्दै उपाधी आफ्नो पक्षमा ल्याउने दौडमा हुने छन् ।
राष्ट्रपति रनिङ शिल्डमा समावेस खेल विधा :
१. भलिवल : छात्र / छात्रा ९/९ जना मात्र ।
२. कवड्डी : छात्र/छात्रा ९/९ जना मात्र
३. तेक्वान्दो :
छात्र- ४५, ४८, ५१, ५५, ५९ के. जी. र एकल पुम्से,
छात्रा- ४२, ४४, ४६, ४९, ५२ के.जी. र एकल पुम्से ।
४. कराते :
छात्र- ४२, ४७, ५२, ५७, ६२ के.जी. र काता एकल ।
छात्रा- ४०, ४५, ५०, ५५, ६० के.जी. र काता एकल ।
५. एथलेटिक्स : छात्र/छात्रा दुवै इभेन्ट्स (एक जना खेलाडीले एक ट्र्याक दुइ फिल्ड तथा एक फिल्ड ट्र्याक इभेन्ट मात्र खेल्न पाउनेछ भने रिलेमा मान्य हुनेछैन )
१. दौड : १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मिटर, ३००० मिटर । (छात्र र छात्रा )
२. रिले दौड : ४×१०० मि. ४ ४०० मि. (छात्र र छात्रा)
३. हाइ-जम्प, लङ -जम्प, त्रिपल – जम्प (छात्र र छात्रा)
४. सटपुट : छात्र (१२ पाउन्ड) र छात्रा (८ पाउन्ड) ५. ज्याभलिन थ्रो : छात्र (८०० ग्राम) र छात्रा (६०० ग्राम)