तमू विद्यार्थी छोंज धीं धादिङद्वारा गुरुङ ड्रेस फोटो कन्टेस्टका विजेता सार्वजनिक

Avatar photo
Dhadingpost
आइतवार, पुस १४, २०८१

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले सञ्चालन गरेको ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ का विजेता सर्वजनिक गरेको छ ।

प्रतियोगितामा स्याङ्जाका चन्द्र गुरुङ (मुन) को फोटो प्रथम भएको छ भने फस्ट रनअर रप चितवनकी अंकिता गुरुङ, सेकेन्ड रनअर रप लमजुङका अनिल गुरुङ र थर्ड रनअर रप धादिङकी प्रतिभा गुरुङ भएका छन् ।

उक्त प्रतियोगितामा कला संस्कृति भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन भएको प्रतियोगीतामा नेपाल, भारत लगायतका देशहरुबाट ३ सय ४२ जना गुरुङ तथा गैर गुरुङहरुले सहभागीता जनाएका थिए ।

प्रतियोगीताको विजेता चन्द्र गुरुङ (मुन) ले नगद २० हजार, फस्ट रनअर रपले नगद १० हजार, सेकेन्ड रनअर रपले ५ हजार, ट्रफी, प्रमाण पत्र तथा थर्ड रनअर रपले नगद १ हजार, ट्रफी प्रमाण पत्र सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गने नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका रेख गुरुङले धादिङपोष्टलाई बताए ।