धादिङ अस्पतालको अध्यक्षमा राधिका सापकोटा नियुक्त

Avatar photo
Dhadingpost
बिहिबार, पुस ११, २०८१

धादिङ । नेकपा एमाले धादिङको सचिव राधिका सापकोटालाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रादेशिक धादिङ अस्पतालको संचालक तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

धादिङ अस्पतालको करिव २० वर्ष नन्दप्रसाद रिजाल अध्यक्ष भएका थिए । उनी पहिलो अध्यक्ष हुन् भने हालै नियुक्त सापकोटा छैटौं अध्यक्ष हुन् ।

अध्यक्ष नियुक्त भए सँगै सापकोटालाई चुनौंती
१. अस्पतालको नयाँ बन्ने मुल भवनको डीपीआर स्वीकृत गरी भवन निर्माण गर्ने ।
२. डायलासीस सेवा थप विस्तार (हाल २२ जनाले सेवा लिई रहेको र अझै २० जना पर्खाईमा)
३. डायलासीस सेवा र भेन्टिलेटर र सघन उपचार कक्ष (आईसीयू) सँगै हुँदा संक्रमणको जोखिम छ, त्यसलाई फरक-फरक ठाउँमा राख्न ।
५. सिटीस्क्यान सेवा भवन निमार्ण भएको तर प्रयोगमा ल्याउनु पर्ने ।
६. न्यून पारश्रमिकमा काम गर्न वाध्य अस्पतालले नियुक्त गरेका ३५ जना कर्मचारीको तलव बृद्धि गर्नुपर्ने ।

यसअघिका अध्यक्ष राजाराम रिजालले के-के गरेर विदा भए ?
१. १०० वेडमा विस्तार ।
२. सिटीस्क्यान भवन निमार्ण ।
३. नयाँ भवन डीपीयार ।
४. ५ वेडको आईसीयू सेवा संचालन ।
५. डायलासीस सेवा १ सिफ्टमा मात्रै थियो २ सिफ्टमा विस्तार ।
६. ३ वटा सार्वजनिक शौचालय निमार्ण ।
७ ओपेडी भवन विस्तार ।
८. प्रतिक्षालय विस्तार ।
९. टिकट काउण्ड र फार्मेशी सेवा फरक फरक ठाउँबाट संचालन गर्दै सेवाग्रहीलाई सहजता प्रदान ।
१०. टिकट वितरणमा डिजिटल टोकन प्रणाली लागु ।
११. साघुँरो प्रयोगशालालाई सुदृढ गरी विस्तार, उपकरण थप ।
१२. विषशेज्ञ सेवा थप तथा प्रोत्साहन भत्ता विस्तार ।