
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याल (डिपी) अर्याल तोकेको छ ।
सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको हो । उनी धादिङ ज्वालामुखी गाउँपालिका निवासी हुन् ।
सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। यद्यपी, सभामुख देवराज घिमिरले अहिलेसम्म निर्णय गरेका छैनन्।