
धादिङ । २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक सहित १२ औं मा र १३ औं मा २४ स्वर्ण १३ रजत र ३ काश्य पदक सहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा लगातार जित निकाल्दै आएको नीलकण्ठ नगरपालिकाले यस वर्षको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको खेलाडी छनोट एवम् पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता यहि १७ देखि २० गते सम्म संचालन गर्ने भएको छ ।
पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीका लागि पालिकाका सबै माध्यामिक विद्यालयहरुलाई ५०–५० हजार प्रदान गरेको छ भने पौष १४ गते सम्म खेलाडी दर्ता गराउन सूचना जारी भएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत प्रकाशदत्त भट्टले धादिङपोष्टलाई बताए ।
राष्ट्रपति रनिङ शिल्डमा समावेस खेल विधा :
१. भलिवल : छात्र / छात्रा ९/९ जना मात्र ।
२. कवड्डी : छात्र/छात्रा ९/९ जना मात्र
३. तेक्वान्दो :
छात्र- ४५, ४८, ५१, ५५, ५९ के. जी. र एकल पुम्से,
छात्रा- ४२, ४४, ४६, ४९, ५२ के.जी. र एकल पुम्से ।
४. कराते :
छात्र- ४२, ४७, ५२, ५७, ६२ के.जी. र काता एकल ।
छात्रा- ४०, ४५, ५०, ५५, ६० के.जी. र काता एकल ।
५. एथलेटिक्स : छात्र/छात्रा दुवै इभेन्ट्स (एक जना खेलाडीले एक ट्र्याक दुइ फिल्ड तथा एक फिल्ड ट्र्याक इभेन्ट मात्र खेल्न पाउनेछ भने रिलेमा मान्य हुनेछैन )
१. दौड : १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मिटर, ३००० मिटर । (छात्र र छात्रा )
२. रिले दौड : ४×१०० मि. ४ ४०० मि. (छात्र र छात्रा)
३. हाइ-जम्प, लङ -जम्प, त्रिपल – जम्प (छात्र र छात्रा)
४. सटपुट : छात्र (१२ पाउन्ड) र छात्रा (८ पाउन्ड) ५. ज्याभलिन थ्रो : छात्र (८०० ग्राम) र छात्रा (६०० ग्राम)
नीलकण्ठ नगरपालिकामा २५ वटा सामुदायीक र ५ वटा संस्थागत गरी ३० वटा माध्यामिक विद्यालयहरु रहेका छन् भने सबै विद्यालयहरुले यस प्रतियोगितामा भाग लिने शिक्षा, युवा तथा खेलकुद शाखाका मेघनाथ कोईरालाले बताए । प्रतियोगिता नीलकण्ठ माविको खेल मैदान, जिल्ला खेलकुद विकास समिति परिषर र खेल्ला मञ्च मा संचालन गरिने छ ।
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड भने लगातार तेस्रो जितको खोजीमा नीलकण्ठ माध्यामिक विद्यालय मैदानमा देखिने छ भने अन्य विद्यालयहरु नीलकण्ठलाई रोक्दै उपाधी आफ्नो पक्षमा ल्याउने दौडमा हुने छन् । फाईल तस्वीर
