धादिङका अरुण सिलवालको पोखरा विश्वविद्यालयमा ऐतिहासिक कीर्तिमानी

Avatar photo
Dhadingpost
बुधबार, पुस ३, २०८१

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका १ बैरेनी निवासी अरुण सिलवालले पाचौं सेमेस्टर सम्म लगातार ४ जिपिए सहित पोखरा विश्वविद्यालय टप गर्दै यस अधिको ऐतिहासिक कीर्तिमानी तोडेका छन् ।

सिभिल ईञ्जिनियरिङ्ग तर्फ उनले पाँचौं सेमेष्टर सम्म लगातार ४ जिपिए ल्याउँदै पोखरा विश्वविद्यालयमा ऐतिहासिक कीर्तिमानी कायम राखेका हुन् । अरुण पोखरा विश्वविद्यालयको ईन्जिनियरिङ् संकायका पहिलो विद्यार्थी बनेका छन् जसले यस्तो उपलब्धि हासिल गरे । उनले पोखरा विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङ (SOE) बाट अध्ययन गरेका हुन् ।

नलाङ मिन्दुकाबाट एसईई दिएका उनी पालिाका टप भएका थिए, प्लस टु बागेश्वरी मावि मलेखुमा अध्ययन गर्दा बोर्ड परिक्षामा जिल्ला टप भएका थिए, भने अहिले उनी ईञ्जिनियरिङ्गको पाँचौं सेमेस्टर सम्म आईपुग्दा उनको नतिाजा ४ जिपिए नै आए सँगैं गोल्ड मेडलका लागि पहिलो स्थानमा रहँदै पोखरा विश्वविद्यालय टप भएका हुन् ।

८ सेमष्टर सम्म आईपुग्दा जो प्रथम हुन्छ, उसले राष्ट्रपतिको हातबाट गोल्डमेडल ग्रहण गर्ने अवसर पाउने गर्दछ । त्यसका लागि धादिङका अरुण अग्र स्थानमा छन् ।