
धादिङ । धादिङबेसीमा सम्पन्न शिक्षक कल्याण सहकारी वचत तथा ऋण सहकारीको अध्यक्षमा खिलबहादुर धमला चयन भएका छन् । संस्थाको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
माओवादी केन्द्र नीकट शिक्षकहरु आवद्ध यस सहकारीको साधारण सभाले उपाध्यक्षमा शिवप्रसाद रिजाल, सचिबमा प्रयास रेग्मी, कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ र सहसचिबमा दिनेश लुईंटेललाई चयन गरेको छ ।
यस्तै सदस्यमा तिलक चेपाङ, भेषराज नेपाल, सम्झना ढुङ्गाना, विनोद श्रेष्ठ, भगवती तमौली, रामकृष्ण पाण्डे, पार्वती भण्डारी र उत्तमलाल तामाङ लेखा सुपरिवेक्षण समितिको संयोजकमा चन्द्र ब. लम्साल र सदस्यहरुमा विष्णु ढुङ्गानार लक्ष्मी सिंखडा निर्वाचित भएका छन् ।