गजुरीमा हाइवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, पुस १, २०८१

धादिङ । गजुरी गाउँपालिका गलौंदीमा ब्याडमिण्टन हाइवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

गजुरी ब्याडमिन्टन क्लब गजुरी-५ ले आयोजना गरेको उक्त प्रतियोगितामा बी तर्फ गजुरी गा.पा. अध्यक्ष गणेशलाल श्रेष्ठ र गोविन्द श्रेष्ठको जोडी प्रथम भएको छ भने सी तर्फ थाक्रेमा प्रथम सविन लामा र नवराज राई प्रथम भएका छन् ।

प्रतियोगितामा बी तर्फ गल्छिका संजय श्रेष्ठ र प्रविण खतिवडाको जोडी द्वितिय, गजुरीका सुशील थापा र जिन्दगी नेपाल, गजुरी मलेखुका रोसन शेढाई, निरन्जन कडेलको जोडी तृतिय भए भने सी तर्फ संजय श्रेष्ठ र सागर कठायत द्वितिय हुँदा गजुरीका अनिल श्रेष्ठ र दिवस सागर श्रेष्ठ, थाक्रेका सुरेश थापा र सुरेश लामा तृतीय बन्न पुगेका थिए ।