एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चको हाजिरीजवाफमा सिद्धलेक प्रथम

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ३०, २०८१

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चले काठमाडौं स्थित लेखनाथ साहित्य सदनमा आयोजना गरेको धादिङ जिल्ला अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सिद्धलेक गाउँपालिकाले जितेको छ ।

प्रतियोगितामा धादिङका ९ वटा पालिकाले भाग लिएका थिए, जसमा द्वितिय गल्छी र तृतीय थाक्रे गाउँपालिका भएको थियो । विजेता टिमलाई क्रमस: ६ हजार, ४ हजार ५०० र ३ हजार मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।

मञ्चका अध्यक्ष कमल थापामगरका अनुसार विजेताहरुलाई एमालेका स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटीका इन्चार्ज एवम् कार्यक्रमका प्रमुख अतिथि लालबाबु पण्डितले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा सम्पर्क समन्वय कमिटी सदस्य तथा धादिङ इन्चार्ज उत्तम पाठक, बागमती प्रदेश सदस्य मन्दिरा श्रेष्ठ, बागमती प्रदेश सम्पर्क उपाध्यक्ष सरोज मोहन लामा, निबर्तमान अध्यक्ष सन्जिब पाण्डे लगायतको आतिथ्यता रहेको सचिव नारायण आचार्यले धादिङपोष्टलाई बताए ।

कुन पालिकाबाट को-कोले प्रतियोगितामा भाग लिएका थिए ?